आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण
barnanmedia.com · Mon Aug 17 05:34:23 GMT 2026

म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण थालिएको छ ।
नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण सुरुआत गरेको हो । एक करोड तीन लाखको लागतमा तीन तले भवन निर्माण गर्न लागिएको संघका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो । “संस्थाका पदाधिकारी र सदस्यहरुबाट जुटाएको १० लाख बजेटबाट जग खन्ने र कुनातर्फ पर्खाल बनाउन थालेका छौ,” उहाँले भन्नुभयो “थप पूर्वाधार बनाउन दाताहरुलाई सहयोगको अपिल गरेका छौ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)