चीनले भन्यो- नेपालको नयाँ सरकारसँग बीआरआईबारे नयाँ ढंगले अघि बढ्न तयार छौं
nepalpress.com · Mon Dec 26 16:34:59 GMT 2022
काठमाडौं । चीनले नेपालसँग बेल्ट एण्ड राेड इनिशियटिभलाई नयाँ ढंगले अगाडि बढाउन तयार रहेको जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ मिङले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।
उनले नेपालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरिन् । परम्परागत रुपमा नेपाल-चीन छिमेकी भएको नाताले चीनले नेपालसँगको सम्बन्धलाई गहिरो महत्व दिने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)