होर्मुज जलमार्ग खोल्ने इरानको प्रस्तावमाथि छलफल जारी
barnanmedia.com · Sun Oct 18 19:15:00 GMT 2026

इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकासमक्ष राखेको सात दिने प्रस्ताव अझै छलफलको क्रममा रहेको जनाएको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले दिएको जवाफको समीक्षा भइरहेको र प्रस्ताव कार्यान्वयन गर्ने वा नगर्ने निर्णय वासिङ्टनको हातमा रहेको बताएका छन्। आइतबार इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग संगठनको बैठकका क्रममा उनले यस्तो बताएका हुन्।
इरानले सेप्टेम्बरको मध्यतिर उक्त सात दिने योजना प्रस्तुत गरेको थियो। अमेरिकाले प्रस्तावको जवाफ दिए पनि इरानका सबै सर्त सम्बोधन नभएको भन्दै वार्ता रोकिएको छ। अराघचीले अमेरिकाले इमानदारीपूर्वक पहल गरे होर्मुज जलमार्ग खोल्ने बाटो स्पष्ट रहेको दाबी गरेका छन्। इरानले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने, तेल निर्यातमाथिका प्रतिबन्ध फुकुवा गर्नुपर्ने र क्षेत्रीय शत्रुतापूर्ण गतिविधि अन्त्य गर्नुपर्ने सर्त राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)