इटहरीमा लाग्यो ‘घण्टी मुर्दावाद’ को नारा
rajdhanidaily.com · Thu Feb 19 23:40:17 GMT 2026

सुन्दरहरैचा (मोरङ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद तथा सुनसरी–३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरी विवादित अभिव्यक्तिका कारण इटहरीमा तनावपूर्ण अवस्थाको सामना गर्न बाध्य भएका छन्।
जेसिस इटहरी ले आयोजना गरेको ककस कार्यक्रममा बोल्दै चौधरीले “घण्टीलाई भोट नहाल्ने मानिस देशविरोधी हुन्छ” भन्ने अभिव्यक्ति दिएपछि कार्यक्रमस्थलमै विरोध सुरु भएको थियो। कार्यक्रममा सहभागी केही युवाहरूले उक्त अभिव्यक्तिलाई असहिष्णु र मतदाताको स्वतन्त्र निर्णयमाथि दबाब सिर्जना गर्ने किसिमको भन्दै नाराबाजी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)