मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रेमिट्यान्स ४१ प्रतिशतले बढ्यो, वैशाखमा मात्र भित्रियो २ खर्ब ५७ अर्ब

arthadabali.com · Tue Jun 09 12:23:25 GMT 2026

काठमाडौँ / चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण पठाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ दशमलव तीन प्रतिशतले बढेको थियो । गत वैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)