शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
nepalsamaya.com · Tue Jun 09 12:21:52 GMT 2026

काठमाडौं। शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रममध्ये अधिकांश सम्पन्न भएका छन्। मन्त्रालयले आज त्यस्ता कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्यहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको हो।
सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा नतिजामुखी बनाउने उद्देश्यले अघि सारिएका सुधार कार्यक्रमहरूलाई तोकिएको समय अगावै कार्यान्वयनमा लगिसक्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्देशन दिए। कार्यान्वयनका क्रममा कुनै समस्या देखिए सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधानका लागि पहल गर्नसमेत उनले निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)