प्रभु बैंकका ग्राहक र कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट
arthasansar.com

नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पीटल र काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी, प्रभु बैकंका मोबाइल बौकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १०% छुट पाउने भएका छन् । उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरु लाई औषधी र उपभोग्य सामाग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १०% छुट पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)