चक्रपथको डीपीआर १० महिनामा पनि सकिएन
ekantipur.com · Sat Dec 09 17:07:09 GMT 2023
काठमाडौँ — विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार नहुँदा चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । दुई महिनाभित्र तयार पार्ने भन्दै गत ०७९ फागुनमा थालिएको डीपीआरको काम १० महिना पुग्दा पनि सकिएको छैन । चीन सरकारको अनुदान सहायतामा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार गर्न लागिएको हो ।
यसअनुसार डीपीआर निर्माणको काम चीनले नै गरिरहेको छ । छिटोमा दुई र ढिलोमा ६ महिनाभित्र डीपीआर तयार पारिसक्ने नेपाल र चीन सरकारबीच मौखिक सहमति भएको थियो । अहिले डीपीआर बन्ने क्रममै रहेको सडक विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)