भोजपुरमा फैलियो भाइरल ज्वरो, अस्पतालमा बिरामीको चाप
annapurnapost.com · Mon Aug 17 06:16:14 GMT 2026

भोजपुर : मौसमको परिवर्तनसँगै भोजपुरमा भाइरल ज्वरोको संक्रमण बढ्न थालेको छ। पछिल्ला केही दिनयता ज्वरो, रुघाखोकी, टाउको दुख्ने, घाँटी दुख्ने तथा शरीर दुख्नेजस्ता समस्याले ग्रस्त बिरामीहरू स्वास्थ्य संस्था पुग्ने गरेका छन्। सदरमुकामस्थित जिल्ला अस्पताल भोजपुरमा समेत भाइरल ज्वरोका बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मीलाई समेत सेवा प्रवाहमा थप सास्ती बढेको छ।
अस्पतालको बहिरंग सेवामा पछिल्ला दिनमा सामान्य अवस्थाभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन्। विशेषगरी ज्वरोसँगै रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने तथा शरीर गल्नेजस्ता लक्षण भएका एकसय पचासभन्दा बढी बिरामीहरू दैनिक अस्पताल आउने गरेको स्वास्थ्यकर्मीहरू सुनाउँछन्। मौसम परिवर्तन, वर्षायाममा हुने वातावरणीय परिवर्तन तथा संक्रमण फैलिन सक्ने अवस्थाका कारण भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका सूचना अधिकारी दीपेन्द्र दासले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)