स्याउ खेती हेर्न जुम्लाका महिला कश्मीर भ्रमणमा
ekantipur.com · Thu Sep 07 16:43:12 GMT 2023
जुम्ला — भारतको कश्मीरदेखि बिरुवा ल्याएर जुम्लामा स्याउ खेती गरेको इतिहास सुनेकी पातारासी–७ की सुवा खड्का स्याउ उद्यमी हुन् । उनको बगैंचामा स्याउका २ सयभन्दा बढी बोट छन् । बर्सेनि दुई लाखभन्दा बढीको बेच्छिन् । बगैंचा व्यवस्थापन, मलखाद प्रयोग र काँटछाँट आफैं गर्छिन् । जुम्लाका किसानले स्याउ फलाएका तुलनामा अपेक्षित फाइदा लिन सकेका छैनन् ।
त्यसैले उनी स्याउबाट बन्ने परिकार, प्रशोधन मेसिन र कश्मीरमा गरिएको खेती हेर्न र त्यहाँबाट केही सिक्ने चाहना राख्छिन् । स्याउको बजारीकरणका विषयमा पनि जान्न मन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)