वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति
reportersnepal.com · Mon Aug 17 06:49:44 GMT 2026

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिच सहमति भएको छ। सोमबार मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष, सल्लाहाकार र पदाधिकारिहरूबिच भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।
संघले साउन २२ गतेदेखि १५ बुँदे माग राखी सञ्चालन गरिरहेको ध्यानाकर्षण कार्यक्रम तथा भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको थियो । आजको छलफलमा सङ्घले राखेका १५ बुँदे मागका सम्बन्धमा अधिकांश विषयहरू नीतिगत सम्बोधनका रहेकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेकोबारे जानकारी गराइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)