चिसो टेन्टमा राहतको पर्खाइ छ
annapurnapost.com · Tue Nov 07 00:58:58 GMT 2023
घरमा छोराबुहारी नाति र म थियौं। सधैं झैं त्यस दिन खाना खाएर एकछिन् टिभी हेरेँ। साढे ९ बजेतिर सुतेको हुँ।
म माथिल्लो तलामा सुत्थे। छोराबुहारी र नाति तल्लो तलामा सुतेका थिए। मस्त निन्द्रामा परेको बेला घर, खाट सबै एकैपटक हल्लिए। मेरो निद पनि बिथोलियो। हल्लिँदै थियो म अब मर्छु जस्तो लागेको थियो। उठेर टर्च बालेँ। बाहिर निस्किएको थाहै पाइएन। मुटुको ढुकढुकी बढिरहेको थियो। कराउँदै तल झर्दैँ थिएँ। तलबाट छोरा आएर बुबा छिटो बाहिर निस्कौं भन्दै सिडीबाट हात समातेर बाहिर ल्यायो। घर ढल्न सकेन। पूरै चिराचिरा परेको छ। जतिबेला पनि ढल्न सक्छ। यति ठूलो भूकम्प, सम्झँदा अझै मन आत्तिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)