मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आम निर्वाचन मंसिर ४ मा !

ekantipur.com · Thu Aug 04 00:44:27 GMT 2022

काठमाडौँ — सत्तारूढ पाँच दलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने समझदारी गरेका छन् । गठबन्धनको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति बिहीबार घोषणा गर्नेछ । उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्मै प्रतिनिधिसभा जीवित राख्न पनि सत्ता गठबन्धन दलले समझदारी गरेका छन् ।

निर्वाचन आयोगले मंसिर २ मा एकै चरणमा आम निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । निर्वाचनको तयारी गर्न न्यूनतम १ सय २० दिन चाहिने भन्दै आयोगले सरकारलाई मिति घोषणाका लागि ताकेता पनि गर्दै आएको थियो । ‘अब चुनाव कहिले हुने भन्ने अन्योल हटेको छ । भोलि (बिहीबार) मन्त्रिपरिषद् बैठक बसेर मंसिर ४ का लागि मिति घोषणा गर्छौं,’ एक मन्त्रीले भने । उनले संविधानमा प्रतिनिधिसभा विघटन गर्ने प्रावधान नभएकाका कारण उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म कार्यकाल कायम राख्ने विषयमा प्रमुख प्रतिपक्ष एमालेसमेत सकारात्मक रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)