कांग्रसेसमा च्याँखे दाउ थाप्नेदेखि अन्तर्घातको डरसम्मः यी हुन् समानुपातिकमा बसेका नेता
shilapatra.com · Wed Sep 21 00:30:59 GMT 2022
सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सोमबार प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम आयोगमा बुझायो । नेपाली कांग्रेसका १३ पदाधिकारीमध्ये दुई जना पदाधिकारी समानुपातिकको बन्द सूचीमा परेका छन् ।
सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिकमा सिफारिस भएका छन् । मन्सुर बारा- ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए भने परियार कास्की- १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । बारा ३ मा मन्सुर अर्का सहमहामन्त्री उमाकामन्त चौधरीबीच टकराव छ । मन्सुर सभापति शेरबहादुर देउवा नजिक छन् भने चौधरी कृष्णप्रसाद सिटौला निकट हुन् । उम्मेदवार सिफारिस गर्दासमेत दुई पक्षबीच विवाद थियो । चौधरी सिटौला समूहबाट प्राथमिक सूचीका उम्मेदवार हुन् । ०७४ को चुनावमा मन्सुर तेस्रो बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)