सरकारसँग सहमति जुटेपछि म्यानपावर व्यवसायीको आन्दोलन स्थगित, भोलिदेखि पुनः सेवा सुचारु
ajakoartha.com · Mon Aug 17 07:04:00 GMT 2026

काठमाडौं- वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सोमबार भएको छलफलमा व्यवसायीका माग समाधान गर्न मन्त्रालय सकारात्मक भएपछि सहमति जुटेको हो।
सहमति भएसँगै वैदेशिक रोजगार व्यवसायीले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने भएका छन्। यसअघि व्यवसायीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता लिनुपर्ने लगायत १५ बुँदे माग अघि सार्दै कार्यालय बन्द गर्नुका साथै श्रमिक पठाउने काम रोक्ने घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)