अफ्रिका कप अफ नेसन्स : सेनेगलको लगातार तेस्रो जित
ekantipur.com · Wed Jan 24 01:01:50 GMT 2024
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन सेनेगलले लिग चरणका तीनै खेल लगातार जित्ने क्रममा मंगलबार गिनियालाई २–० ले हराएको छ । हारका बाबजुद गिनिया समूह ‘सी’ बाट तेस्रो स्थानमा रहेर अन्तिम १६ पुग्न सफल रह्यो । सेनेगल भने यसअघि नै नकआउट चरण पुगिसकेको छ ।
उसका लागि एबडोलाये सेक र इलिमन एनडडियेले एक एक गोल गरे । यसै समूहको अर्को खेलमा क्यामरुनले गाम्बियालाई ३–२ ले हरायो र चार अंकसहित दोस्रो स्थानमा रह्यो । समूह ‘डी’ मो भने अल्जेरिया मउरिटानियाको हातबाट १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)