आइसीसीबाट प्राप्त अनुदानले मैदानमा चाहिने उपकरण किन्दै क्यान
annapurnapost.com · Mon Aug 17 07:08:25 GMT 2026
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाट प्राप्त भएको अनुदान रकमबाट नेपाल क्रिकेट संघ(क्यान)ले मैदानमा चाहिने उपकरण खरिद गर्ने भएको छ। क्यानले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा उपकरण खरिद गर्नको लागि बोलपत्र आव्हन गरेको छ। आइसीसीबाट आएको अनुदानको केही रकम क्यानले मैदानको उपकरण खरिदमा लगाउन लागेको हो।
क्यानले उपकरण खरिदको लागि ‘सिंगल स्टेज टु इन्भेलप’ प्रक्रियाबाट प्रतिस्पर्धात्मक रुपमा प्रक्रिया अघि बढ्नेछ।अगष्ट १७ मा प्रकाशन भएको यस बोलपत्रको समयसीमा १ महिनाको रहेको छ। सेप्टेम्बर १७ भित्र सहभागि हुन चाहने कम्पनीले मूलपानीस्थित क्यान मुख्य कार्यलयमा पत्र बुझाइसक्नुपर्ने विवरण प्रकाशन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)