मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थप ३५ को मृत्यु पुष्टि गर्न रुसले माग्यो डीएनए नमुना

ekantipur.com · Mon Sep 09 23:32:05 UTC 2024

काठमाडौँ — रुसले युक्रेनसँगको युद्धमा मारिएका थप ३५ नेपालीको परिवारसँग डीएनएको नमुना मागेको छ । मस्कोस्थित नेपाली दूतावासले शव पहिचान गर्न भन्दै कन्सुलर विभागलाई ३५ परिवारका सदस्यको डीएनए नमुना पठाइदिन पत्राचार गरेको हो ।

रुसी सेनामा भर्ती भएका थप ३ जना नेपालीको मृत्युको रुसले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ र बागलुङका ध्रुव घर्तीको मृत्यु भएको हो । रञ्जित गुरुङको भने ठेगाना खुलेको छैन । रुस सरकारले मस्कोस्थित नेपाली दूतावासलाई मृत्यु भएका ३ जनाको मेडिकल रिपोर्ट पठाएको छ । थप ३ जनाको मृत्युसँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या ४३ पुगेको पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)