हिमपातले रोकिएका कन्टेनर तातोपानी आउन थाले
nayapatrikadaily.com · Sat Jan 08 01:02:00 GMT 2022
चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा परेको हिमपातले रोकिएका नेपाली व्यापारीका सामान तातोपानी आउन थालेका छन् । खासादेखि न्यालमसम्म सडकमा हिउँको सतह घटेकाले १३७५ साइजका चिनियाँ टेलर खासा क्षेत्र आउन थालेका हुन् ।
खासादेखि सिँगात्सेसम्म एक सय ८३ टेलर तातोपानी आउने रुटमा क्यू लागेर बसेका छन् । पाँच दिन बन्द भएको तातोपानी नाकामा बिहीबारदेखि कन्टेनर आउन सुरु भएको हो । तर, हिमपात हुने सम्भावना रहेकाले वेलावेलामा कन्टेनर रोकिने अवस्था छ । शुक्रबारबाट नियमित राजस्व संकलनको काम भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)