सरकार र म्यानपावर व्यवसायीबीच सहमति,आन्दोलन तत्कालका लागि स्थगित
arthasansar.com · Mon Aug 17 07:47:40 GMT 2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ। मन्त्रालयसँग सहमति जुटेलगत्तै व्यवसायीहरूले आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्।
सहमति भएसँगै भोलिदेखि देशभरका म्यानपावर कम्पनीहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्। सेवा शुल्क निर्धारण तथा वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता हुनुपर्ने लगायतका माग राख्दै व्यवसायीहरूले कार्यालय बन्द गरी श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)