फोटोनले टुनल्यान्ड पिकअप ग्राहकका लागि ल्यायो 'जिरो कस्ट अफर'
baahrakhari.com · Sun Oct 12 17:07:10 GMT 2025

काठमाडौं । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्यान्डका ग्राहकहरूका लागि रोमाञ्चक 'जिरो कस्ट अफर' घोषणा गरेको छ । यो लिमिटेड टाइम अफरअन्तर्गत ग्राहकहरूले तीन वर्ष वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिसको सुविधा पाउनेछन् ।
यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ताबिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ । यसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बनेको कम्पनीले जनाएको छ । यो अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)