रौतहटमा जग्गा विवादमा कुटपिट हुँदा वृद्धको मृत्यु
ekantipur.com · Sun Oct 12 16:04:36 GMT 2025
रौतहट — रौतहटको फतुवा विजयपुरमा जग्गाको विषयमा दुई पक्षबीच कुटाकुट हुँदा आइतबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । घटनामा एक महिला घाइते छन् ।
झडपमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । फतुवा विजयपुर नगरपालिका– २ सितलपुरका ६० वर्षीय शंकर साह बनियाँको कुटपिटबाट ज्यान गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)