प्रज्ञा बालकविता महोत्सव
baahrakhari.com · Wed Sep 15 01:09:00 GMT 2021
काठमाडौं । राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ गरिएको छ । मुलुकभरका ३५ बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्यसहित महोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको जनाउँदै बालबालिका नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)