अस्वस्थ भएपछि सुर्खेतबाट दाङ नआई काठमाडौं फर्किए बालेन
nepalpress.com · Fri Feb 20 01:50:13 GMT 2026

रुपन्देही । अस्वस्थ भएपछि बिहीबार राति सुर्खेतबाट रास्वपा सभापति रवि लामिछानेसँगै दाङ आउने पूर्वयोजना छाडेर रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्केका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएकाले लामिछाने र अन्य नेता मात्रै दाङ आएको दाङ सभापति विनय घिमिरेले नेपाल प्रेसलाई बताए ।
रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)