म बढीमा ३ वर्ष मात्रै मन्त्री बन्छु, नयाँ पुस्ताका लागि बलियो जग बसालेर छोड्छु: मन्त्री महावीर पुन
techpana.com · Tue Jun 09 12:37:07 GMT 2026

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू मन्त्री पदमा धेरै समय नबस्ने घोषणा गरेका छन् । मंगलबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री पुनले करिब पाँच वर्षको कार्यकालमध्ये आफूले बढीमा तीन वर्ष मात्र जिम्मेवारी सम्हाल्ने स्पष्ट पारेका हुन् ।
नयाँ मन्त्रालय भएकाले सबै काम शून्यबाट सुरु गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै उनले भने, “यो नयाँ मन्त्रालय भएको हुनाले अब यसको लागि ओएनएम गरेर कसरी, के, कति गर्ने भन्ने कुराहरू सबै जिरोबाट सुरु गर्नुपर्ने हुन्छ । त्यसैले यहाँ बिस्तारै गरौँ भन्ने होइन, द्रुत गतिमा रातदिन काम गरेर अगाडि बढ्ने हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)