प्राकृतिक विपद्बाट २२ जनाको मृत्यु भएको भन्दै वर्षमान पुनले गराए सरकारको ध्यानाकर्षण
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएयता रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रोल्पाका विभिन्न क्षेत्रमा पहिरोका कारण ठूलो जनधनको क्षति भएको संसद्लाई जानकारी गराएका हुन्।
सांसद पुनले दिएको जानकारीअनुसार साउन २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जना, साउन २८ गते सुनछहरी गाउँपालिकाको गाम क्षेत्रमा चार जना र साउन ३० गते लुङ्ग्री गाउँपालिकाको धैरेनीमा एक जनाको मृत्यु भएको छ। त्यसैगरी, सेरममा गएको पहिरोमा दुई जना, परिवर्तन गाउँपालिकाको पाछावाङ क्षेत्रमा एक जना तथा लुङ्ग्री गाउँपालिकामा चट्याङ लागेर एक जना गरी साउन महिनाको पछिल्लो दुई सातामा जिल्लामा कुल २२ जनाको ज्यान गएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)