मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छोरा बेपत्ता पारेको भन्दै  सेनाविरुद्ध प्रहरीमा जाहेरी

ekantipur.com · Tue Mar 14 00:57:48 GMT 2023

पोखरा — पोखराका अणनाथ बरालले द्वन्द्वकालमा आफ्नो छोरालाई बेपत्ता बनाएको भन्दै सैनिक अधिकारीविरुद्ध जाहेरी दिएका छन् । फूलबारी ब्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङविरुद्ध उनले सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले उच्च अदालत पोखराको आदेशबमोजिम जाहेरी दर्ता गरेको हो । छोरा नेत्रनाथ बराललाई बेपत्ता बनाएको भन्दै अणनाथले गैरकानुनी पक्राउ तथा थुना, यातना र बलपूर्वक बेपत्तासम्बन्धी कसुरबमोजिम गुरुङलाई कारबाही माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)