मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

९९.९ प्रतिशत नेता कार्यकर्ता कांग्रेस एकताको पक्षमा छन् : नैनसिंह महर

lokaantar.com

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट र विभाजनको पक्षमा नभई एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत ​उनले कांग्रेसलाई अहिले 'संस्थापन वा विस्थापन' तथा 'इतर वा भितर' जस्ता गुटगत घेराभन्दा माथि उठाएर हेर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भनेका छन्, 'कांग्रेसका अधिकांश नेता–कार्यकर्ताको भावना पार्टी विभाजन होइन, बलियो र एकताबद्ध कांग्रेस निर्माण गर्ने हो। नेतृत्वले उनीहरूको आवाज सुन्नुपर्छ र सम्मान गर्नुपर्छ।'

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)