जीवन हाम्रो कल्पनाभन्दा पर छ
sutranews.com · Fri Dec 31 00:26:30 GMT 2021
आफूमाथि वा अरूमाथि कुनै पनि प्रकारको छाप लगाउने काम नगरौँ, किनकि जीवन यति धेरै रूपहरूमा प्रकट भएको छ । तपाईंले त्यसलाई सम्मान गर्नुपर्छ अनि आफूले सकेको उत्तम गर्नुपर्छ । आज बिहान तपाईंले खानुभएको भात वा रोटी, हामी हिँड्ने यही माटोबाट आएको हो अनि त्यो खानाबाट हड्डी र मासुको रूपमा तपाईं बनेको छ । यो वास्तवमा चमत्कार हो । यदि जटिल प्रक्रियालाई हामीले दुर्भाग्यवश कम आँकलन गरेका छौँ । यो प्रक्रियामा कहिलेकाहीँ केही कुराहरू हामीले सोचे जस्तो भइदिँदैन ।
त्यसैले, आफूलाई कहिल्यै अपाङ्ग नभन्नुहोस् । तपाईं एक किसिमको हुनुहुन्छ, म अर्को किसिमको छु । कुनै पनि व्यक्तिले आफूसँग उत्तम शरीर वा उत्तम मन छ भनेर दाबी गर्न सक्दैन । म एउटा रूपमा अपाङ्ग छु, तपाईं अर्को रूपमा अपाङ्ग हुनुहुन्छ । यदि हामीले आफूलाई अरूसँग तुलना गरÞ्यौँ भने, हामी सबैजना कुनै न कुनै रूपमा अपाङ्ग छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)