आन्तरिक उडानमा निगमको बजार हिस्सा २५ मात्रै
ekantipur.com · Thu Dec 23 01:10:07 GMT 2021
काठमाडौँ — निजी वायु सेवा कम्पनीहरूले आन्तरिक उडानतर्फको बजार हिस्सा क्रमशः बढाउँदै लगेका बेला सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को भने खुम्चिँदै गएको छ । हाल निगमले ३७ वर्ष पुराना दुई वटा टुइनअटरबाट १७ स्थानमा उडान गर्दै आएको छ । गन्तव्य संख्याका आधारमा निगमको आन्तरिक उडानमा बजार हिस्सा २ अंकको हुनुपर्ने हो, तर २ प्रतिशतमा खुम्चिएको छ । बाँकी ९८ प्रतिशत हिस्सा निजी क्षेत्रका वायु सेवाले ओगटेका छन् ।
आन्तरिक उडानमा सबैभन्दा धेरै १५ जहाजले १५ गन्तव्य (३३ फ्लाइट रुट) मा उडान गर्दै आइरहेको निजी वायु सेवा कम्पनी बुद्ध एयरको दाँजोमा निगमसँग गन्तव्य बढी देखिन्छ । तर, बुद्ध ९ वटा वायु सेवा कम्पनीमध्ये करिब ६० प्रतिशत बजार हिस्सा ओगट्दै पहिलो स्थानमा छ । यसले दैनिक ७ हजार बढी यात्रुलाई सेवा दिइरहेको छ भने निगमले २ सय हाराहारी यात्रु उडाएर चित्त बुझाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)