एमालेका दुई मन्त्रीको मन्त्रालय परिवर्तन : कृषिमा मेहता, स्वास्थ्यमा पराजुली
ratopati.com · Mon Aug 17 09:15:33 GMT 2026

विराटनगर। कोशी प्रदेश सरकारका यसअघि कायम रहेका एमालेका दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी परिवर्तन भएको छ । एमालेबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्री बनेका उमाकान्त गौतम पनि स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । यसअघि एमालेले सम्हालेका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भने नेकपाका गोम्बु शेर्पाले जिम्मेवारी पाउने भएका छन् भने सामाजिक विकास मन्त्रीमा नेकपाकै गीता तिसिनालाई जिम्मेवारी दिइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)