अदालतको आदेश बेवास्ता गर्दै नेपाल टेलिकमको वीरगञ्ज कार्यालय भवन भत्काइयो
bishowkhabar.com · Mon Aug 17 09:15:48 GMT 2026

काठमाडौं– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशकै बीच सडक डिभिजन कार्यालय हेटौँडाले नेपाल टेलिकमको वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन भत्काएको भन्दै नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ ।
वीरगञ्जको मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल नगर्न÷नगराउन अदालतले आदेश दिएको अवस्थामा कार्यालय भवन भत्काइएको टेलिकमको भनाइ छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० ले सडक डिभिजन कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाई गत साउन २८ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दायर गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)