अमाह सिमसारमा स्टोन स्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुने
ratopati.com · Sun Oct 12 19:06:00 GMT 2025
सुनसरी । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ । चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने नाराका साथ सो आयोजना हुन लागेको आयोजकले जनाएको छ । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)