संयम गुमाएको युनाइटेडमाथि लिभरपुलको शानदार जित
hamrakura.com · Sun Oct 24 00:00:00 GMT 2021
काठमाडौं। मोहम्मद सलाहको ह्याट्रिक मदतले ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ५-० गोलले पराजित गर्दै तीन अङ्क हासिल गरेको छ। म्यानचेस्टर युनाईटेडमाथि शानदार जित हासिल गर्ने क्रममा शाहको ह्याट्रिक र नाबी केटा एवं डिएगो जोटाले १-१ गोल गरेका थिए।
चिर परिचित प्रतिद्वन्द्वी बीचको खेलमा युनाइटेडको घरेलु मैदानमा लिभरपुलको यो ऐतिहासिक जितमा हिरो मोहम्मद सलाह हुन पुगे। लिभरपुलका लागि खेलको ५ औं मिनेटमा मोहम्मद सलाहको पासमा नाबी केटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको १३औं मिनेटमा एलेक्जेण्डर आर्नोल्डको पासमा डिएगो जोटाले गोल गर्दै गोल दोब्बर पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)