मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

उच्च रक्तचापको समस्या छ ?  नियन्त्रण गर्न अपनाउनुहोस् यस्तो खानपान

khabarhub.com · Mon Jun 14 00:25:40 GMT 2021

रक्तनलीमा रगत बग्दा रगतले रक्तनलीको भित्तामा दिएको दबाबलाई चिकित्सकीय भाषामा रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा ज्यादा र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । क्रियात्मक रूपले स्वास्थ व्यक्तिमा सिस्टोलीक ९० – १३० MMHG र डाएस्टोलीक ६०–८० MMHG को बीचमा हुने गर्दछ । तर रक्तचापले यी मानबिन्दुहरू काटेर सिस्टोलीक १३० भन्दा माथि र डायस्टोलिक ८० भन्दा माथि रहेको अवस्थालाई उच्च रक्त चाप भनिन्छ ।

आज संसार भर १ अरब तेह्र करोड मानिसहरू यो रोगबाट प्रभावित भएका छन् भने लगभग ९० लाख मानिसहरूको यो रोगले मृत्यु हुने गरेको छ । अधिकांश चिकित्सकीय परामर्सहरूमा यो रोग नियन्त्रण गर्न औषधि सेवन गर्ने सल्लाह दिईन्छ तर औषधि सेवनले मात्र रोग केही दिनका लागि त नियन्त्रणमा आउदछ तर कालान्तरमा समस्या ज्यूँका त्यू रहिरहन्छ । यसर्थ यो रोगको नियन्त्रण गर्न सर्वप्रथम जीवनशैली सुधार गर्नु पर्ने हुन्छ । जीवनशैली भन्नाले भोजन, व्यायाम, विश्राम, विचार, व्यवहारलाई स्वास्थ्य मैत्री हुने गरि ठीक ठीक तरिकाले समायोजन गर्नु हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)