थ्रीस्टार विजयी
ekantipur.com · Sat Mar 30 16:54:10 UTC 2024
कपिलवस्तु — लुम्बिनी प्रदेशकै सर्वाधिक धनराशि पुरस्कार भएको तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टार क्लब विजयी भएको छ । जीतपुरस्थित बुद्ध रंगशालामा शनिबार थ्रीस्टार क्लबले कपिलवस्तु ११ लाई ३–० ले हरायो । थ्रीस्टारका लागि फरवार्ड नीरज चौधरीले ३२ र ६३ औं मिनेटमा दुई र मिडफिल्डर दिपेश घलेले ३८ औं मिनेटमा एक गोल गरे ।
खेलको म्यान अफ द म्याच नीरज चौधरी भए । उनलाई १० हजार प्रदान गरियो । राष्ट्रिय टोलीका पूर्वकप्तान विराट महर्जनको कप्तानीमा थ्रीस्टार उत्रिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)