सिबिफिनले गभर्नरलाई भेटेर भन्यो– अर्थतन्त्र अझै जोखिममा छ
nayapatrikadaily.com · Wed Sep 27 00:35:00 GMT 2023
अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिए पनि आन्तरिक गतिविध अपेक्षित चलायमान हुन नसक्दा अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले राष्ट्र बैंकको ध्यानाकर्षण गरेको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटवार्तामा यस्तो बताएका हुन् ।
उक्त छलफलमा सिबिफिनका अध्यक्ष गोल्यानले राष्ट्र बैंकबाट जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य क्षेत्रमा उल्लेखनीय सुधार देखिए पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीतिजस्ता क्षेत्रहरूमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष गोल्यानले बाफियाको व्यवस्थाबमोजिम संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गर्न पाउने व्यवस्था, चालू पुँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा लिखित सुझावपत्र पेस गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)