बिपीलाई सताउने ती तुलसी गिरी, केपीलाई सताउने यी तुलसी गिरी
nepalpress.com · Mon Aug 17 09:42:47 GMT 2026

बिपीको दुई तिहाईकाे सरकार २०१७ सालमा राजा महेन्द्रले अपदस्त गरे । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले बिपीमाथि दाेष थाेपरेनन् । साथ दिए । सँगै जेल जीवन, निर्वासन जस्ता महाकष्ट उठाए । अझ ती दुई निष्ठाका प्रतिमूर्तिले सिङ्गो जीवन लगाएर २०४६ सालमा लोकतन्त्र, जनसर्वोच्चता र नेपाली कांग्रेसकाे पोल्टामा आकर्षक कमब्याककाे सौभाग्य थमाए ।
सजिलोमा गिरिजाप्रसाद कोइरालालाई जिल्ला सभापतिमा सीमित राखेर बिपी क्याबिनेटका हेभीवेट मन्त्री रहेका तुलसी गिरी कृतघ्नता, धोका र गद्दारीका आखेट बनेर आए । उनले राजालाई साथ दिए । तुलसी गिरी र अर्का महापञ्च सूर्यबहादुर थापाले भातको युद्ध जिते । तर भविष्यको युद्ध हारे । कुण्ठाको मोर्चा समाले । तर निष्ठासँग जोरी खोजे र अन्ततः हराएर गए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)