नवरात्रको नवौँ दिन: यस वर्ष दुई दिन महाअष्टमी
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ। समितिका पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको छ।
वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दशैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना र महाअष्टमीका अन्य कर्महरू दोहोर्याउनुपर्छ। यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै सम्पन्न भइसकेको पात्रोमा उल्लेख छ। यसपालि तिथि वृद्धिका कारण नवरात्र 'दशरात्र' बनेकाले विजयादशमीका दिन १० रात्रिको जमरा लगाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)