देशभरका ४९ अस्पतालबाट ज्येष्ठ नागरिकको निशुल्क तथा सहुलियतमा उपचार हुने
baahrakhari.com · Wed Jul 14 11:29:00 GMT 2021
काठमाडौं । सरकाले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८/०७९ का लागि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै ४९ अस्पतालबाट निशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको हो ।
यसअघि सरकारले २४ वटा अस्पतालबाट ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा २५ अस्पतालमा यो सेवा थप गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)