सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। काठमाडौँबाट खोटाङतर्फ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खस्दा मृत्यु हुने र बेपत्ता हुनेहरूको पहिचान खुलेको छ। गएराति करिब २:३० बजे भएको उक्त दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना बेपत्ता र ४ जना घाइते भएका छन्।
दुर्घटनामा परेर मृत्यु हुनेहरूमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा रहेका छन्। यस्तै लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई नदीमा बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)