नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभ, ‘आफ्नै रोजाइमा, छैन प्रेसर’ क्याम्पेन सार्वजनिक
onlinekhabar.com · Tue Jun 09 12:50:14 GMT 2026

२६ जेठ, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोर्याएको छ ।
नेपालमा पाँच वर्षको यात्रालाई स्मरणीय बनाउने उद्देश्यका साथ कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर ) नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ । चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर उक्त क्याम्पेन तयार गरिएको कम्पनीले जनाएको छ । उक्त क्याम्पेनले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकको वास्तविक जीवन, चुनौती र अवसरलाई उजागर गर्ने कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)