मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चको इजलासमा पत्रकार किशोर श्रेष्ठको गलाअवरुद्ध

clickmandu.com · Mon Aug 17 11:37:59 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइपछि अदालत फैसलाको तयारीमा जुटेको छ ।

सुनुवाइका क्रममा श्रेष्ठको पक्षबाट १७ जना र सरकारी पक्षबाट ४ जना अधिवक्ताले बहस गरेका थि ए। बहसको मुख्य केन्द्रविन्दु व्यक्तिगत गोपनीयताको विषय बनेको थियो । जुन तस्बिरलाई लिएर गोपनीयता उल्लंघनको आरोप लगाइएको छ, ती तस्बिरहरू सम्बन्धित महिला आफैँले यसअघि नै आफ्नो फेसबुकमा पोस्ट गरेको भन्दै श्रेष्ठ पक्षका वकिलहरूको तर्क थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)