काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउथलीमा सोमबार मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा खानीखोला गाउँपालिका–२ की २४ वर्षीया अनिता मोक्तान र खानीखोला–४ का ६१ वर्षीय कलकबहादुर माझी रहेका छन्।
पनौती–तालढुङ्गा भित्री सडकखण्डमा खानीखोलाबाट बनेपातर्फ आउँदै गरेको जीप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना भएको थियो। प्रारम्भिक अनुसन्धानबाट जीपको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)