मानव बेचबिखन रोक्न रास्वपा सचेतक परियारको आग्रह
ratopati.com · Mon Aug 17 11:50:34 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोकिनुको साटो यसको स्वरुप झन् विस्तार हुँदै गएको भनी सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा भाग लिदै उनले मानव बेचबिखनजस्तो अमानवीय र राष्ट्रिय लज्जाको विषयलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने बताए। सचेतक परियारले विभिन्न प्रतिवेदनअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी नेपाली महिला, बालबालिका र युवा बेचबिखनका साथै आधुनिक दासताको शिकार भइरहेकाले यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)