मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक

ratopati.com · Sun Oct 12 21:08:00 GMT 2025

बेलायत। बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेको छ ।

यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अङ्क प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिनुभयो । ३३ देशका ११७ टिम सहभागी उक्त प्रतियोगितात्मक अभ्यासमा नेपाली सेनाले यस वर्ष स्वर्ण पदक प्राप्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)