मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

khabarhub.com · Mon Aug 17 12:04:53 GMT 2026

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ । सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो । यसअघि उसले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ ।

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए । दोस्रो संस्करणमा उनले ९ खेलबाट १० विकेट लिएका थिए । पुनः टोलीमा फर्किन पाउँदा उत्साहित रहेको कुगेलेइनले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)