आजपनि बडादसैंको महाअष्टमी
nepalsamaya.com · Mon Oct 19 01:16:47 GMT 2026

काठमाडौं- यस वर्ष बडादसैँको महाअष्टमी तिथि दुई दिन परेकाले आइतबार र सोमबार अष्टमीको पूजा तथा व्रत गरिँदैछ। आइतबार, कात्तिक १ गते महाअष्टमी व्रत मनाइएको छ भने आज सोमबार, कात्तिक २ गते अष्टमी पूजा तथा व्रतलाई निरन्तरता दिइँदैछ।
तिथिको घटबढ र पञ्चाङ्ग गणनाका कारण यस वर्ष अष्टमी दुई दिन परेको हो। सोहीअनुसार स्थानीय परम्परा र पञ्चाङ्गअनुसार भक्तजनले दुर्गा भवानीको पूजा आराधना गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)