विश्वकपको तयारीमा नेपाली महिला यू–१९ टोली, भैरहवामा २८ खेलाडीको बन्द प्रशिक्षण सम्पन्न
kendrabindu.com · Mon Oct 19 01:23:09 GMT 2026
रूपन्देही । आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)