रुपन्देहीमा १० हजार भूमिहीन सुकुम्वासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत
nepalpress.com · Mon Oct 19 01:27:57 GMT 2026

रुपन्देही । रुपन्देहीमा १० हजार भूमिहीन सुकुम्वासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् । जिल्ला सुकुम्वासी समस्या समाधान समितिका अनुसार असोज मसान्तसम्म जिल्लामा १० हजार भूमिहीन सुकुम्वासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत भएका हुन् ।
जिल्लाका अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको विवरण समितिलाई उपलब्ध गराइसकेका छन् । केही स्थानीय तहमा प्रमाणीकरणको काम बाँकी रहेकाले विवरण सङ्कलनमा ढिलाइ भएको समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)